सुर्खेत–२ मा रास्वपाका रमेश सापकोटा फराकिलो मतान्तरले विजयी

कांग्रेसका नारायण कोइराला दोस्रो, एमालेका कुलमणि देवकोटा तेस्रो

सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश सापकोटा फराकिलो मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

अन्तिम मतपरिणामअनुसार सापकोटाले ३० हजार ३७८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण कोइराला ले १६ हजार १९६ मत प्राप्त गरेका छन्।

एमाले तेस्रो स्थानमा

यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार कुलमणि देवकोटा १२ हजार ८९१ मत सहित तेस्रो स्थानमा रहेका छन्।

अन्य उम्मेदवारको मत

निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्ल ले ४ हजार ४३६ मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कविराम पुरी ले १ हजार २९३ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका राजेन्द्र रामजाली ले १ हजार ५९२ मत पाएका छन्।

रास्वपाका सापकोटाको फराकिलो जितसँगै सुर्खेत–२ मा नयाँ राजनीतिक समीकरण बनेको विश्लेषण गरिएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया