सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार ध्रुवबहादुर शाही लाई फराकिलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।
निर्वाचन परिणामअनुसार खड्काले २६ हजार ८९७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी शाहीले १८ हजार ८९० मत प्राप्त गरेका छन्। दुवै उम्मेदवारबीचको मतान्तर ८ हजार ७ मत रहेको छ।
अन्य उम्मेदवारको मत
सुर्खेत–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर सिंह ठकुरी १४ हजार ७२९ मत सहित तेस्रो स्थानमा रहे।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जितबहादुर राना ले २ हजार ८२८ मत प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठकुरी ले १ हजार ४९ मत ल्याएका छन्।
सुर्खेत–१ मा कांग्रेस उम्मेदवार खड्काको जितसँगै यस क्षेत्रमा कांग्रेसले आफ्नो प्रभाव कायम राखेको विश्लेषण गरिएको छ।


प्रदेश पोष्ट । २०८२ फाल्गुन २३ गते शनिवार