सुर्खेतमा लोरी गजल संग्रहको परिचर्चा

सुर्खेत – लोकप्रिय गजल संग्रह लोरीको सुर्खेतमा परिचर्चा गरिएको छ । गजलकार, साहित्यकार तथा सामाजिक अभियान्ता खीमु केसीद्धारा लिखित गजल संग्रह लोरीको शनिबार सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच परिचर्चा गरिएको हो ।

दाङ जिल्लामा जन्मीएर अहिले अमेरिका निवासी गजलकार केसीले आफु जन्मेको ठाँउ, अध्यायन गरेको ठाँउ र लामो समय कर्मथलो बनाएको कर्णाली हुँदै परदेशको अनुभुति समेटिएको गजल संग्रहले समाजका सवाल, राजनीतिक रुपमा गरिने अपराध, परनिर्भताको सवाल, आमाको माया, मायालुको माया जस्ता बिषयबस्तु उक्त गजल संग्रहमा लेखिएका एक सय वटा गजलमा समेटिएको छ । गजलको परिचर्चा कार्यक्रममा बोल्दै लेखक गजलकार खीमु केसीले भने, आमा तिम्रो काखमा सुतेर लोरी सुन्न मन छ, तिम्रा र बाका पुराना दोहोरी सुन्न मन छ भन्ने गजल सुनाए । उनले भने, प्रदेशमा सन्तानले कसरी आमा सम्झिन्छन्, अपराधले वा बाध्यताले बिदेशीनेहरुको आ–आफ्नै सवाल छन् । उनले गजल मार्फत नेपालको स्वाभिमान, गौरबपुर्ण ईतिहास र अहिलेको समाजको समस्यालाई उजागर गर्न प्रयास गरेका छन् ।
कार्यक्रममा साहित्यकार कृष्णराज धमाला, डा.टिकाराम उदासी, गजलकारहरु महेन्द्र चन्द महासागर, ऋषि शर्मा सुदामा लगायतका वक्ताहरुले गजलकार केसीद्धारा लिखित गजल संग्रह लोरीको सन्दर्भमा समिक्षा गर्दै यो संग्रहले नेपाली गजल लेखन कार्यमा एक इट्टा थपिएको बताए । उनीहरुले गजल संग्रह लोरीमा छापिएका गजलहरु बाचन गर्दै यसले नेपाली समाज, यहाँका सामाजिक मुद्धाहरु, बिदेशीे युवाका सवाल, कर्णालीका गाँउमा बस्ने मानिसहरुका दिनचरिया जस्ता समासमयिक सवालहरु उजागर भएको बताए ।
आमा तिमी मात्र आउछौँ खाए नखाएको सोध्न, बाँकी अरु सबै आउछन् धन कमाएको सोध्न जस्ता गजलले सन्तान प्रतिको आमाको प्रेमलाई पनि उजागर गरिएको छ । यो पटकको चुनावमा नयाँ अनुहार आहोस, देशलाई माया गर्ने युवाको सरकार आहोस जस्ता गजलले देशप्रेम र युवाको भवनालाई समेटिएको छ । त्यो तिम्रो दरबार बन्दैनथ्यो मजदुर नभए, मालिक भन्दैन असम्भव थियो हजुर नभए जस्ता गजलले नेपाली मजदुर र उनीहरुले गर्ने कामले सम्मान नपाएको सवाल उठाईएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया