देशकै ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क ३० औं वर्षमा प्रवेश, साढे ५ हजारलाई रोजगारी

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क ३० औं वर्षमा प्रवेश गरेको छ । अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट सुरु भएको कम्पनीले २९ औं वसन्त पार गरिरहँदा नेपालको इन्टरनेट क्षेत्रमा आफ्नो गौरवपूर्ण इतिहास बनाउन सफल भएको छ ।

हाल कम्पनीको इन्टरनेट सेवा ७४ जिल्लामा विस्तार भएको छ । चाँडै ७७ ओटै जिल्लामा आफ्नो सेवा पुर्‍याउने कम्पनीको लक्ष्य छ ।

वर्ल्डलिङ्कले नेपालमै पहिलोपटक कन्टेन्ट क्यास सेटअपका लागि अकमाईसँग साझेदारी गरेको छ । वर्ल्डलिङ्कले हालसम्म नौ लाख ३० हजार घरधुरीमा इन्टरनेट जडानको आँकडा पार गरेको छ ।

कम्पनीले अहिले १४ हजार स्थानमा निःशुल्क सार्वजनिक वाई-फाई उपलब्ध गराइरहेको छ । इन्टरनेट सेवासँगै समाजमा योगदान गर्ने विभिन्न सामाजिक उत्तरदायित्त्वका कार्यक्रमहरू पनि आयोजना भइरहेका छन् ।

हाल कम्पनीले देशभर गरी साढे पाँच हजारलाई रोजगारी दिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया