ट्याक्टर र मोटरसाइकल ठाेक्किदा एक जनाकाे मृत्युु, एक गम्भीर घाइते

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेकाे भे१ त ४५ नम्बरको ट्याक्टर सिम्ता गाउँपालिका–६ जामुनेबजारमा एक आपसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

अर्का एक जना भने गम्भिर घाइते भएको अस्थायी प्रहरी पोष्ट बादेपिपल सुर्खेतले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल सवार वीरेन्द्रनगर–३ यरीचोकका २८ वर्षीय विजय राना रहेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालक वीरेन्द्रनगर–१ ढोडेखालीका २३ वर्षीय रुपेश गिरीकाे अवस्था गम्भिर रहेको र उपचारका लागि मेहलकुना अस्पतालमा ल्याइएको छ । ट्याक्टर चालक र साहूँ भने फरार रहेको प्रहरीले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया