वन यूआई ६.१ अपडेट ल्याउँदै सामसङ, यी फोनले ‘ग्यालेक्सी एआई’ फिचर पाउने

सोमबार १४ फागुन, २०८०

Unicode
English
मूल्य सूची
गृहपृष्ठ
नीति
टेलिकम
इन्टरनेट
ग्याजेट्स
स्टार्टअप
साइबर सुरक्षा
टेक्नोलोजी
सामाजिक सञ्जाल
एजुकेसन
विचार
डिजिटल पेमेन्ट
अटो टेक
टिप्स
बजार
प्रोफाइल स्टोरी
विचार/अन्तर्वार्ता
विज्ञान प्रविधि
शब्द ज्ञान
गेमिङ

911
Shares

वन यूआई ६.१ अपडेट ल्याउँदै सामसङ, यी फोनले ‘ग्यालेक्सी एआई’ फिचर पाउने

काठमाडौं । सामसङले आफ्ना मोबाइलमा स्तरीय एआई फिचरहरू उपलब्ध गराउन गत महिना सार्वजनिक गरेको ‘ग्यालेक्सी एआई’ अन्य विभिन्न मोडेलमा पनि उपलब्ध हुने भएको छ ।

सुरुमा ग्यालेक्सी एस२४ सिरिजका लागि उपलब्ध गराइएको ग्यालेक्सी एआई फिचर अन्य मोडेलहरूले पनि पाउने भएका हुन् । यसका लागि कम्पनीले नयाँ वन यूआई ६.१ अपडेट हुन लागेको हो ।

यसअन्तर्गत ग्यालेक्सी एस२३ सिरिज, एस२३ एफई, जेड फोल्ड फाइभ र जेड फ्लिप फाइभ सिरिजहरूमा मार्चको अन्त्यदेखि ग्यालेक्सी एआई उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२४ भित्र १० करोडभन्दा बढी ग्यालेक्सी प्रयोगकर्ताहरुलाई यसको अनुभव दिलाउने तथा मोबाइल एआईको असीमित सम्भावनाहरुको उपयोगको लागि नवीन उपायहरुको खोजी जारी राख्ने उल्लेख गरेको छ ।

ग्यालेक्सी एआई भनेको सामसङको नयाँ एआई सिस्टम हो । यसले यसअघि उपलब्ध फिचरहरूलाई स्यतरीय बनाउनका साथै प्रयोगकर्ताका लागि केही नयाँ एआई टुल उपलब्ध गराउने बताइएको छ ।

के छन् नयाँ फिचरहरू ?

सामसङले ग्यालेक्सी एआई अन्तर्गत विभिन्न फिचरहरू ल्याएको छ । त्यसमा के के फिचर छन् भन्ने विषयमा तल चर्चा गरिएको छ:

-फोटोग्राफी र भिडिओ

कम्पनीका अनुसार ग्यालेक्सी एआईले फोनबाट खिचेको फोटो र भिडिओलाई थप स्तरीय बनाउनेछ । विशेषगरी फोनमा समावेध गरिएको प्रो भिज्युअल इन्जिनले एआईसँग सहकार्य गरेर फोटो खिच्दा वा खिचिकेका फोटो एडिटिङ गर्दा क्वालिटी बढाउन सहयोग गर्नेछ ।

ग्यालेक्सी एआईले नै लो लाइटमा खिचेका भिडिओ र फोटोलाई पनि उपयुक्त लाइट राखेर आकर्षक बनाइदिन्छ । डिजिटल जुम गर्दा फोटोमा न्वाइज बढी आउन सक्छ । त्यसमा पनि एआईले न्वाइज घटाइदिने कम्पनीको दाबी छ । ५० मेगापिक्सलको सेन्सरले पाँच गुणासम्मको अप्टिकल जुम क्षमता प्रदान गर्दछ ।

त्यस्तै फोनमा खिचेको सामान्य भिडिओलाई पनि एआईको सहायताले स्लो मोसन क्लिप बनाउन सकिनेछ । एआईले स्लो मोसन बनाउनका लागि भिडिओमा आवश्यक फ्रेम आफैं थपिदिनेछ । अर्थात् तपाईंले १२० फ्रेम प्रति सेकेन्ड खिचेको भिडिओलाई पनि एआईले २४०, ४८० वा ९६० फ्रेम प्रति सेकेन्डको बनाउन सक्छ । यसले गर्दा स्लो मोसन भिडिओ थप स्तरीय देखिन्छ ।

कम्पनीका अनुसार ग्यालरी एपले स्वतः जेनेरेटिभ एडिट प्रयोग गरी वाटरमार्क राखिदिनेछ ।

– ल्याङ्ग्वेज, भ्वाइस र अन्य फिचरहरू

ग्यालेक्सी एआईमा भाषामा आधारित थुप्रै फिचरहरू दिइएको छ । त्यसमध्ये विशेष फिचरहरूको चर्चा लत गरिएको छ ।

-लाइभ ट्रान्सलेट

सामसङको बिल्टइन्ट डायलर एपले वास्तविक समयमै फोन कललाई प्रयोगकर्ताले चाहेको भाषामा अनुवाद गरिदिन्छ । यो फिचरले एआईको प्रयोग गरी आवाजलाई टेक्स्टमा उतारेर त्यसलाई पढेर सुनाउँछ ।

– इन्टरप्रेटर

हुन त अहिले इन्टरप्रेटरको सुविधा दिने केही एप बजारमा आइसकेका छन् । इन्टरप्रेटर भनेको अर्को व्यक्तिले बोलेको कुरा तपाईंले बुझ्ने भाषामा बुझाइदिने र तपाईंले बोलेको भाषा अर्को व्यक्तिलाई बुझाइदिने भन्ने बुझिन्छ । एआईद्वारा सञ्चालित इन्टरप्रेटेरले प्रयोगकर्तालाई भाषा अनुवादकको काम गरिदिनेछ । यसका लागि भने नेटवर्क नभए पनि हुने भनिएको छ । यद्यपि अफलाइन मोडमा कुन भाषा प्रयोग गर्न सकिन्छ भन्नेमा पूरा जानकारी आइसकेको छैन ।

-च्याट असिस्ट

ग्यालेक्सी एआई समावेश भएको सामसङको कीबोर्डले च्याट असिस्टको काम गर्नेछ । यसले वास्तविक समयमा टेक्स्ट अनुवाद गरिदिनुका साथै प्रयोगकर्ताको कुरा गर्ने शैलीलाई विश्लेषण गरेर त्यही अनुसारको जवाफ सुझाव दिन्छ । तपाईंले यो फिचर प्रयोग गरी व्यवसायिक, क्याजुअल, नम्र वा रोमाञ्चक शैलीले कुरा गर्न सक्नुहुन्छ ।

-नोट असिस्ट

ग्यालेक्सी एआईले वेबसाइट र डकुमेन्टको सारांश दिनेछ । नोट असिस्ट फिचरले प्रयोगकर्ताले नोटमा राखेका कुरालाई आकर्षक डिजाइमनमा मिलाउन सघाउँछ ।

-ट्रान्सक्रिप्ट असिस्ट

ग्यालेक्सी एआई सहायताले सामसङ रेकर्डर एपमा ट्रान्सक्रिप्ट असिस्ट फिचर समावेश गरिएको छ । यसको सहायताले एपमा रेकर्ड गरिएका कुरालाई टेक्स्टमा उतार्न सकिन्छ । त्यति मात्र नभइ वास्तविक समयमा कुन व्यक्तिले के कुरा गरेको छ, र मिटिङमा के निष्कर्ष निस्कियो भन्ने कुराको जानकारी दिनेछ ।

– एन्ड्रोइड अटो

ग्यालेक्सी एआईको प्रयोग भएको अर्को फिचर हो एन्ड्रोइड अटो । यसको सहायताले कारमा फोन कनेक्ट गरेको अवस्थामा ग्रुप मेसेजको सारांश इन्फोटेन्मेन्ट डिस्प्लेमा देखिनेछ । त्यस्तै यसमा अटो मेसेज रिप्लाई, अटो नेभिगेसन जस्ता सुविधा पनि दिइएको छ ।

– सर्कल टु सर्च

ग्यालेक्सी एआईमा उपलब्ध भएको अर्को फिचर हो सर्कल टु सर्च । यसका लागि सामसङले गुगलसँग सहकार्य गरेको छ । यससँगै सामसङ प्रयोगकर्ताले फोटोमा गोलो घेरा लगाएमा त्यही गुगल लेन्स खुल्छ र सम्पूर्ण जानकारी फिडमा देखिन्छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया