एउटा ढुङ्गाबाट निर्मित ‘शिव मन्दिर’

सुर्खेतः सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ स्थित लाटीकोइली डाँडामा एउटा ढुङ्गाबाट निर्मित १६औं शताब्दीको ‘शिव मन्दिर’ रहेकाे छ ।

विक्रम सम्वत १६३९ मा याे लङ्गर नाथका चेला आत्मानाथले काँक्रे विहारका पश्चिम पाखामा रहेको एउटा ढुङ्गालाई फुटाइ लाटीकोइली डाँडामा लिइ मन्दिर बनाएका किम्बदन्ती रहेकाे छ ।

निर्माण पश्चात मन्दिर जिर्णोद्धार रह्यो । नेपालका आधुनिक विकासका प्रवर्तक स्व.राजा वीरेन्द्रले विक्रम सम्वत् २०४० सालमा भक्तपुरबाट शिला कारहरु ल्याएर जिर्णोद्धार मन्दिर बनाएकाे शिलालेखमा काेरिएकाे छ ।

मन्दिरका पुजारी अक्षय कुमार याेगीका अनुसार सुर्खेतका सबैभन्दा पुरानाे इतिहास रहेकाे मन्दिरमा सरकारकाे ध्यान नपुग्दा संरक्षण हुन नसकेका बताए ।

तस्बिर: सुरेश आचार्य/रासस




फेसबुकबाट तपाईको प्रतिक्रिया