सेफ्टी ट्याङ्कीको फोहर व्यवस्थापनमा जुट्यो चन्दननाथ नगरपालिका

जुम्ला : जुम्लाको खलंगा बजार चन्दननाथ नगरपालिकामा पर्छ । यहाँ धेरै अघि बनाइएका शौचालयको सेफ्टी ट्याङ्की भरिन थालेका छन् । यसरी भरिएको सेफ्टी ट्याङ्कीको फोहर व्यवस्थापन गर्न पछिल्लो समयमा चन्दननाथ नगरपालिकाले जुटेको हो । उसो त जुम्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरेको लामो समय भइसकेको छ । त्यस्तै चन्दननाथ नगरपालिकाका मेयर राजु सिहं कठायतले भने जुम्लाको प्रमुख बजार यहि नगरपालिका हो यहा दिसाजन्य लेदो व्यवस्थापन प्रमुख चुनौतीको रुपमा देखा पर्न थालेको छ । उनका अनुसार अहिले नगरपालिका र एस एन भि नेपालले दिसाजन्य लेदो ब्यवस्थापन गरेको हो ।

त्यस्तै दिसाजन्य लेदो व्यवस्थापनको लागि नगरपालिका लागी परेको नगरउपमेयर राम देवी खड्काले बताइन । उनका अनुसार नगरपालिकाको नौ लाख र एस एन भि नेपालको तिन लाख गरी १२ लाख लागतमा दिसाजन्य लेदो व्यवस्थापन अथायि खाल्डे ब्यवस्थापन ( ट्रेन्चिङ ) बनाएको हो । उनले भनिन,‘एक नम्वर वडाको बिशेष पहलमा दिसाजन्य लेदो ब्यवस्थापन गरिएको छ ।अहिले दिसाजन्य लेदो संकलन गरी फाल्ने काम भैरहेको छ । नगरपालिकाले पनि अहिले दिसाजन्य लेदोलाई ब्यवस्थापन गर्नका लागी दश वर्ष यो जग्गा मागेको हो। यसको लागी नगरपालिकाले आफ्नो लगानीमा जग्गा घेराबार समेत गरिदिएको छ । त्यहा दश वर्ष सम्मको लागी दिसा जन्य लेदो फाल्न पाउने भएको हो ।

त्यस्तै नगरपालिकाका बिपद ब्यवस्थापन शाखाका प्रमुख लक्ष्मी चन्द्र न्यौपानले नगरपालिकाले सरसफाई सम्बन्धीको लागी परेको बताए । उनले भने, दिसाजन्य फोहरलाई मलको रुपमा प्रयोग गर्न सकिने बताए । उनले भने ‘तरल र ठोस पदार्थ छुट्याउन सकिन्छ । त्यसपछि तरललाई बगैँचा, फूलवारी, करेसावारीको बोट विरुवामा प्रयोग गर्न सकिन्छ । ठोस पदार्थ कम्पोष्ट मलको लागि उपयुक्त हुन्छ ।

त्यस्तै एस एन भि नेपालका वास अफिसर नन्दलाल धरालाले दिसा जन्य लेदो ब्यवस्थापन जनस्वास्थ्य एवम् वातावरण स्वच्छताको गुणस्तर नगरपालिकाको सर्वाङ्गिण र दिगो विकास प्राप्तिको एउटा महत्वपूर्ण सूचकको रुपमा लिइएको मानिन्छ । उनका अनुसार दिसाजन्य लेदो व्यवस्थापन कार्यक्रममा वास्तवमा राज्यको ध्यान पुग्न सकेको छैन ।

त्यो दिसाजन्य लेदोलाई कहाँ व्यवस्थापन गर्ने हो भन्ने हाम्रो प्रमुख चुनौतीको रुपमा देखिन थालेकोले पनि नगरपालिको समन्वयमा एस एन भि नेपाल सानो सहयोगी बनेको छ । एक वडाको दाङघाँगुमा रहेको नगरपालिकाले दिसा जन्य दिसाजन्य लेदोलाई ब्यवस्थापन गर्नका लागी अथायि खाल्डे व्यवस्थापन ( ट्रेन्चिङ ) नगरपालिकाले अनुगमन समेत गरेको छ । अनुगमनका कक्रममा त्यो ठाउमा पानी ब्यवस्थापन गर्न आबश्यक रहेको छ ।

महिला जागरण/दीलमाया शाही




फेसबुकबाट तपाईको प्रतिक्रिया