सुर्खेतमा जारी कर्णाली एक्सपो फागुन २८ गतेसम्म सञ्चालन हुने

सुर्खेत उद्योग बाणिज्य संघको आयोजनामा भएको तेश्रो कर्णाली एक्सपो फागुन १५ देखि २३ गतेसम्मका लागि संचालन गर्ने योजना भएको भएतापनि मौसमका कारण २८ गते सम्म सन्चालन हुने आयोजक जनाएको छ। प्रतिकुल मौसमका कारण एक दिनको कार्यक्रम आयोजकले स्थगन गर्नु परेको थियो।

एक्स्पो संचालनका लागि सहयोग गर्ने सम्म्पुर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्दै तेस्रो कर्णाली एक्स्पोका प्रवक्ता एवं सुर्खेत उद्योग बाणिज्य संघका महासचिव भद्र भण्डारीले समय बिस्तारित भएकोले फागुन २८ गते सम्म संचालन हुने जानकारी दिएका छन् ।

यस्तै आज बिहीबार कर्णाली एक्सपोमा चक्र लगाएत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने जायोजकले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया