मेटाले जारी गर्यो विज्ञप्ती

फेसबुकको मूल कम्पनी मेटाबाट एक विज्ञप्ती आएको छ । कम्पनीले भनेको छ, ‘हामीलाई थाहा छ कि मानिसहरूलाई फेसबुक सेवाहरू पहुँच गर्न गाह्रो भइरहेको छ ।

हामी यसमा काम गरिरहेका छौं’ धेरै प्रयोगकर्ताहरूका लागि, इन्स्टाग्रामको कमेन्ट सेक्शनले काम गरिरहेको छैन र धेरै प्रयोगकर्ताहरूले एप पहुँच गर्न पनि असमर्थ छन् । उल्लेखनीय छ कि फेसबुक र इन्स्टाग्रामको सेवा नेपालमा मात्र नभई विश्वभर डाउन भएको छ।

यो पनि पढ्नुहोस्ः फेसबुक र इन्स्टाग्राम विश्वभरी डाउन

करिब एक घण्टा अवरुद्ध भएपछि फेसबुक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम पुन: सञ्चालनमा आएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया