कर्णाली एक्सपोमा फागुन १८ गतेका मुख्य आकर्षणहरु

सुर्खेत । वीरेन्द्रनगरमा जारी तेस्रो कर्णाली एस्पोको चौथो दिन फागुन १८ गते गायक कुलेन्द्र बिश्वकर्मा,लोक दोहोरी गायिका जानकी तारामीमगर,गायक शीव संगीत, गायिका रेश्मा पुन, गायिका एन्जिला रेग्मी, लोकतथा देउडा गायक बिनोद न्यौपाने र डान्सर टिका जैसी लगाएतको बिषेश प्रस्तुति रहने जनाईएको छ ।

यता तेस्रो दिनमा पनी हजारौ दर्शकले मेलाको अवलोकन गरेका छन् । समृद्ध कर्णाली,सुखारी कर्णालीबासीको आधार, प्राकृतिक श्रोत प्रांगारीक कृषी संस्कृति, पर्यटन र उद्योग हुन पुर्वाधार भन्ने नाराको साथ कर्णाली एस्पोको तेस्रो संस्करण वीरेन्द्रनगरमा सुरु भएको हो । फागुन १५ गतेबाट सुरु भएको महोत्सवको माहोल दिन प्रतिदिन अझ तातीदै गएको छ ।

फागुन १७ गते बिहीबार मोडल तथा गायीका ज्योती मगर, हास्य कलाकार सागर लम्साल बले, गायक कमल खत्री,गजलकार बलराम राजबंसी, मोडेल तथा डान्सर शीवजी खत्री, दोहोरी गायक धीरज कोईराला लगायत थुप्रै राष्टिय तथा स्थानीय कलाकारले प्रस्तुती दिएका थिए ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया