‘डिजिटल कर्णाली कन्क्लेभ’ आयोजना हुँदै

प्रदेश डिजिटाईलेजशन गर्न आवश्यक रणनीति तय गरिने

सुर्खेत। कर्णाली प्रदेशलाई डिजिटलाइजेसन् गर्नका लागि कनक्लेभ आयोजना हुने भएको छ। शुक्रबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा कनक्लेभ सुरु हुँदैछ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो।

कर्णाली प्रदेशको डिजिटलाइजेसन, डिजिटल साक्षरता विकास रूपान्तरणको लागि कनक्लेभ गर्न खोजिएको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले बताए। उनले दुई दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्याप बनाउनको लागि पनि सहयोग पुग्ने बताए।

राष्ट्रिय तथा स्थानिय सरोकारवालाहरुसँग सहकार्य गर्दै स्थानिय उत्पादन, कृषी, शिक्षा र पर्यटनलाई प्रविधिमार्फत विस्तार र प्रवद्धन गर्नपनि कन्क्लेभले जोड दिने जनाए।

मन्त्री जिसीले विषयगत प्राथमिकता निर्धारण गर्न आवश्यक नीतिगत निर्णय लिन सहज हुने विश्वास सहित यो आयोजना गरिएको बताए।

कर्णाली प्रदेश सरकारको दोस्रो योजना र वार्षिक विकास कार्यक्रम मार्फत डिजिटल कर्णालीका प्राथमिकता निर्धारण गरि कार्य गर्न यो कन्क्लेभ महत्वपुर्ण सावित हुने विश्वास गरिएको छ । यस कन्क्लेभलाई सफल पार्न कर्णालीवासी सबै सरोकारवालालाई मन्त्रालयले हार्दिक अपिल गरेको छ ।

दुई दिने कन्क्लेभमा ४० बढि सरोकारवाला र विज्ञहरु वत्ताको रुपमा सहभागिता रहने बताइएको छ।

कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रीत रहने कार्यक्रममा अन्य प्रदेशहरुबाट सम्बन्धित मन्त्री र सचिवहरुको पनि उपस्थिती रहने छ।

यसैगरी, सघिय सरकार र सूचना तथा सञ्चार प्रविधि क्षेत्र सम्बन्धित सरोकारवालाहरुको कार्यक्रममा उपस्थिती रहनेछ । सुर्खेत, बिरेन्द्रनगर स्थित सिदार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा प्रदेशका पूर्व मुख्यमन्त्रीहरुको पावर सेसन रहेको छ भने सम्पुर्ण स्थानिय पालिका र जिल्लाबाट सरकारी र अन्य सरोकारवालाहरुको कार्यक्रममा सहभागिता रहने अपेक्षा गरिएको छ ।

सर्तहरु

कन्क्लेभमा ४ वटा महत्वपूर्ण किनोट प्रस्तुती र ६ वटा प्यानल सेसनहरु रहेका छन।

शुक्रवार हुने उद्घाटन सर्तमा डिजिटल कर्णालीको सोच र नेतृत्व विषयमा पूर्व मुख्यमन्त्रीहरुको पावर सेसन मनोहर कुमार भट्टराइको कर्णालीको लागि डिजिटल रुपान्तरणका समाधान र इकोसिस्टम विषयमा किनोट प्रस्तुती रहनेछ।

यसैगरी कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही, विद्युत्तिय शुसासन आयोगका सिइयो दिपेश बिस्ट, न्यास आइटीका अध्यक्ष रिचन श्रेष्ठसँगै युएनडिपी, नेपाल दुरसञ्चार प्राधिकरण, पिएलजिएसपी र एसिया फाउण्डेसनको तर्फबाट कार्यपत्र प्रस्तुती हुनेछ ।

पहिलो दिन उद्घाटन पछिको सर्तमा डिजिटल पुर्वाधार र कनेक्टिभिटी र डेटा, डिजास्टर र डेभलपमेन्ट विषयमा प्यानल सेसनहरु सञ्चालन हुनेछन। दोश्रो दिनको पहिलो सर्तमा कर्णालीको लीग भइरहेका डिजिटल अभियान, आइडिया र प्रविधिको बारेमा केहि प्रस्तुती रहनेछ ।

कर्णाली प्रदेशको कृषी, पर्यटन, शिक्षा, स्वास्थ, डिजिटल पहुच लगायतका आइडियाहरु प्रस्तुत हुनेछन । यसैगरी डिजिटल अर्थव्यवस्था र लगानीको वातावरण सम्वन्धमा प्रस्तुती र प्यानल सेसन सञ्चालन हुनेछ ।

कार्यक्रमको पाचौ सेसन अन्तर्गत स्थानिय, प्रादेशिक र सघिय स्तरमा डिजिटल नेतृत्व र शुसासनको सुदृणिकरण विषयमा प्रस्तुती र प्यानल सेसन सञ्चालन हुनेछ । कार्यक्रमको समापन सेसनको रुपमा कर्णालीमा डिजिटल रुपान्तरणका मार्ग र गर्नुपर्ने कार्यहरुको बारेमा बहस हुनेछ।




फेसबुकबाट तपाईको प्रतिक्रिया