बादी सार्कीकाे फलाम चुट्दै कट्यो ७० वर्षे जीवन

डोल्पा, भेरिकरिडोरमा पर्ने जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने डोल्पाको करबगाडनजिक भेरीनदीको किनारमा एक जस्ताको छानो भित्र आगोको रातोरापमा फलाम पोल्दै चुट्दै थिए ।उनी हुन उमेरले सत्तरी नेटो काटेका त्रिपुरासुन्दरी नगरपालिका–५ निवासी बादी सार्की ।

बिसं २०१० सालमा साविकको ल्हाँ गाउँविकास समिति हालको त्रिपुरासुन्दरी नगरपालिका–५मा जन्मेका बादी सार्कीले रातो आगोको रापमा फलाम चुट्ने पेशाा बीस वर्षको उमेरदेखि अंगालेका हुन ।

फलाम चुट्दै जीवनका अनेकन उकालीउराली कटाएको पनि पचास बर्ष कटेको आफुलाई पत्तै नभएको बादी बताउँछन ।

साथमा दुई छोरा भएपनि जीवन साथी भने छैनन् उनकी ।आरन पेशाको कमाईले नै दुई छोराको पढाई र घर खर्च राम्रोसंग चलाएको बादी सार्की सुनाउँछन ।

नाममा दुई छोरा भएपनि ७० वर्षे बृद्द उमेरमा पनि फलामसंगको पौठे जुहारीको कमाईले आफ्नो जीवन धान्दै आएको गुनासो उनको छ ।

हंसिँया कुट्टो कोदालोलाई धार दिएको पचास र खुर्पा बन्चरो र दाबेलाई धार लगाई दिएको एक सय रुपिँया लिने गरेको जसवाट महिनामा आरन पेशाबाट पन्ध्र हजार सम्मको कमाई हुने गरेको बादी सार्की बताउँछन ।

अशक्त र बृद्द उमेरमा पनि आरनको पेशा छोड्नु भएको रहेनछ गाह्रो हुदैन र ? भन्ने जिज्ञासामा उनले भने “के गर्नु बाबु छोरालाई संगै सीप सिक सीप सिके बाँचनलाई सजिलो हुन्छ भन्दाभन्दै उमेरले यो अवस्थामा पुगि सके तर उनीहरुले कहिल्यै ध्यान दिएनन् ।

अहिले पैसा कमाउन सीप र उद्यम भए सजिलो छ तर सीप पनि छैन उद्यम पनि छैन भने आधुनिकताको विकाससंगै जीउन सहज छैन यस्तै भन्दाभन्दै पेशा नअंगाल्ने छोराहरुको भनाई पछि एक्लै फलामको जुहारी खेल्दै एक्लै जीवन निर्वाह गर्ने गरेको छु बादीले थपे ।

छोराहरुले आफ्नो पेशा नअंगालेर छाडाभई हिड्ने गरेको देख्दा उद्देक लागेर आउने गरेको बताउने बादी सार्की पेशा हस्तान्तरणको चिन्ताले पिरोलिरहेको बताउँछन ।

शुरुवातीको समयमा जग्गा जमिन नभएपनि आरन पेशाले गाउँघरमा (लघि)को हंसिया हथौडा कुट्टो कोदालो र खुर्पा बँन्चरोमा धार लगाए वापत प्रशस्त अन्नपात पाइने नगद पाईने भएकाले पाँच जना सम्मको परिवारलाई सजिलै पाल्न सकिन्थ्यो ।

तर नयाँ प्रविधिको विकास भौतिक पुर्वाधार विकासको विस्तारसंगै गाउँघरमा परिर्वतन भएपनि आरन पेशा संकटमा नभएको तर यसलाई आधुनिकतासंग पेशालाई पनि रुपान्तरण गरेमा सहज हुने बादी सार्की बताउँछन ।

डाेल्पाका विभिन्न स्थानमा आरन पेशा अंगालेर सदियौ वर्षदेखि जौजहान पाल्दै पढाईलेखाई गर्दै आएका पुराना ब्यवसायीहरु पूुर्वाधार विकाससंगै भित्रिएको आधुकि औजार र नयाँ फेशनका कारणले नयाँ पुस्ताले पेशा नअंगालि दिदां आरन पेशाा लोप हुदै गएको छ ।

आरन पेशा र पेशाामा संलग्न ब्यक्ति रिवारलाई आधुनिकतासंगै सीप दक्षता बृद्दि र संरक्षणका लागि सम्बन्धित स्थानीय सरकारले आर्थिक सहयोगका साथै तालिम र पेशाको महत्वका बारेमा उत्प्रेरणामुलक कार्यक्रम ल्याउने  कि ?




फेसबुकबाट तपाईको प्रतिक्रिया