वीरेन्द्रनगरमा महाेत्सव भाेलीबाटै हुने, रक्षामन्त्री खड्काले उद्घाटन गर्ने

सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगरमा कर्णाली एक्सपाे भाेलीबाटै सञ्चालन हुने भएकाे छ । आयाेजक सुर्खेत उधाेग बाणिज्य संघले साेमबार पत्रकार सम्मेलन गरेर महाेत्सव सञ्चालन हुने जनाएकाे छ ।

महाेत्सवकाे उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्का भाेली मध्यान्ह १२: ३० बजे गर्ने सुउवासंका अध्यक्ष लक्ष्मण कंडेलले जानकारी दिए ।

भाेली विहान ११ बजे मंगलगडी चाेकबाट झाँकी सहित र्याली निकालिने छ । यस्तै साढे १२ बजेबाट महाेत्सवकाे उद्घाटन भएपछि अन्य कार्यक्रमहरू पनि सञ्चालन गरिने जनाईएकाे छ ।

कर्णाली एक्सपोको मुख्य उदेश्य कर्णालीको व्यापार तथा पर्यटन प्रवद्र्धन र प्रचारप्रसार संगै यहाँका संस्कृती, जडिबुटी र सम्भावनाको उजागर गर्ने रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया