व्यवहारिक शिक्षामा जोड दिँदै सिद्धपाइलाको १६ औं वार्षिकोत्सव सम्पन्न

सुर्खेत । विद्यार्थीलाई शिक्षासँगै व्यवहारिक ज्ञान दिँदै आएको सिद्धपाइला इङ्लिस मिडियम बोडिङ्ग स्कूलले आफ्नो १६ औं वाषिकोत्सव मनाएको छ। शनिवार विद्यालयमा आयोजित कार्यक्रमा विद्यालयका प्रधानाध्यापक नैनबहादुर खत्रीले विद्यार्थीलाई जीवनपयोगी सीपसँगै गुणस्तरिय शिक्षाम जोडदिदै आएको बताए।

विद्यार्थीलाई कक्षा कोठामा राखि भाषण विधीबाट पढाई हुने परम्परागत शिक्षण विधिको अन्त्य गर्दै प्रविधिको अधिकत्म प्रयोगका साथ जीवनपयोगी शिक्षा प्रर्णाली अवलम्बन गरेको उनले बताए।

जसअनुसार विद्यालयले विगत १ वर्षदेखि विषयगत अभ्यासका लागि कार्यमा आधारित शिक्षण विधि अन्तर्गत विद्यार्थीलाई प्रयोगात्मक अभ्यासमा जोड दिई सिकाउदै आएको छ।

कक्षा नर्सरी देखि १२ सम्म पढाइ हुने विद्यालयमा विभिन्न विषयसँग सम्बन्धित शिक्षण कार्यका लागि सिकाई ल्यावहरु स्थापना गरिएको छ । उक्त सिकाई केन्द्रमा विद्यार्थीहरुले प्रयोगात्मक अभ्यासहरु गर्दै पढ्दै सिक्दै आएको विद्यालयकी सहायक प्रधानाध्यापक हिराकुमारी क्षेत्रीले बताइन।

‘पाठ्यक्रमा समावेश भएका विषयलाई हामीले प्रयोगात्मक रुपमा सिकाउछौं, जसले विद्यार्थीलाई बुभ्न र हामीलाई बुझाउन सहज भएको छ,’ क्षेत्रीले भनिन्,’ यसमा विद्यार्थीहरु पनि सक्रियरुपमा सहभागी हुन्छन्, हाम्रो उद्देशय के हो भने विद्यार्थीलाई गुणस्तरिय शिक्षासँगै व्यवहारिक सीपसँग जोड्दै सिकाईलाई सहज बनाउनु र योग्य विद्यार्थी उत्पादन गर्नु हो।’

यस्तै, कार्यक्रममा बोल्दै कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले विद्यालयले अवलम्बन गरेको शिकाई प्रक्रिया एकदमै प्रभावकारी रहेको उल्लेख गर्दै सबै सामुदायिक तथा निजी विद्यालयहरुले यस्तो पद्धतीको अवलम्वन गर्नु पर्ने बताए।

आफूले शिक्षा क्षेत्रमा लामो समय काम गरेको उल्लेख गर्दै उपाध्यायले समायानुकुल शिक्षामा प्रविधिसँगै शिक्षण पद्धतीमा समेत सुधार गर्दै लैजानुमा जोड दिए। वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थी, अभिभावक, शिक्षक तथा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।




फेसबुकबाट तपाईको प्रतिक्रिया