रातो प्लेट लेखेर आठविस नगरपालिकाबाट गाडी दुरुप्रयोग

दैलेखको आठबिस नगरपालिकामा सरकारी गाडी रातो नम्बर प्लेट प्रयोग गरेको पाईएको छ । सरकारी गाडीमा सेतो नम्बर प्लेट हुनुपर्नेमा रातो प्रयोग गरेर दुरुप्रयोग गरेको पाईएको हो ।

नगरपालिकाले ठेकादार मार्फत खरिद गरेका सरकारी गाडी र मोटर साईकलहरु सेतो नम्बर प्लेट प्रयोग गर्नुपर्ने भएपनि आठबिस नगर पालिकाले खरिद गरेको २ वर्षसम्म रातो नम्बर प्लेट प्रयोग गरेर चलाएको हो । जसले गर्दा सरकारी कामभन्दा पनि ब्यक्तिगत प्रयोगमा लगाईएको पाईएको छ ।

रातो नम्बर प्लेटका सरकारी गाडी नगर प्रमुख र उपप्रमुखले प्रयोग गर्दै आएका छन् । सरकारी गाडी रातो नम्बर प्लेट लगाएर व्यक्तिगत प्रयोग गर्दा पनि विरोध नहुने भएकाले यसरी दोहन गरिएको स्थानीयको आरोप छ ।

यस विषयमा नगरपालिकासँग विवरण माग्दा भने सूचना दिन आनाकानी गरिएको छ । जिन्सी शाखा प्रमुख बखत विकलाई रातो गाडीका बारेमा निवेदनसहित विवरण माग्दा प्रशासकीय प्रमुख नभएकाले दिन नसकिएको आलटाल जवाफ दिएका छन् ।

२ वर्षदेखि सरकारी गाडी रातो नम्बर प्लेट टाँसेर चलाइरहेका छन । खरिदपछि टाँसिएको रातो नम्बर प्लेट गाडी र मोटरसाईकल सेतो नम्वर प्लेट नगरी सञ्चालन हुँदा दुरुप्रयोग हुने गरेको आरोप समेत नगरबासीले लगाएका छन् । सरकारी रकमबाट किनिएको गाडी सरकारी नम्वर प्लेट सेतोमै हुनुपर्ने समेत स्थानीयहरुको भनाई छ ।

यसरी सरकारी गाडीमा रातो नम्बर प्लेट हालेर चलाउँदा दुरुपयोग भएको थाहा नहुने भएकाले यसो गरिएको आशंका गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत नहुँदा रातो नम्वर प्लेटको बारेमा सुचना पाईएको छैन् ।

स्रोतः पश्चिमनेपाल




फेसबुकबाट तपाईको प्रतिक्रिया