नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले लय बाहिर रहेको छ। नेपालले आइसिसी विश्व कप लिग टुमा अत्यन्तै खराब प्रदर्शन गर्दा नेपालको विश्व कप छनोटको सम्भावना कमजोर भएको छ। अंक तालिकाको शीर्ष ४ मा रहने टिम विश्वकप ग्लोबल क्वालिफायरको लागि छनोट हुने प्रावधान रहेको छ।
नेपालले आइसिसी विश्व कप लिग टु अन्तर्गत अमेरिकामा सम्पन्न त्रिकोणात्मक सिरिजको नेपाल र स्कटल्याण्डबीचको अन्तिम खेल रद्ध भएको छ।आँधी हुरीको सम्भावनाको कारण खेल रद्ध भएको हो। नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको हो। दिउँसो १ बजेदेखि ४ बजेसम्म आँधी हुरीको सम्भावना रहेको अमेरिकी मौसम विभागले जनाएको थियो । योसँगै नेपाल र स्कटल्यान्डले समान १÷१ अंक बाँडेका छन्।
नेपालले अहिलेसम्म कुल १२ खेल खेलेको छ । जसमा मात्र २ खेल जितेको छ । यो अत्यन्त खराब प्रदर्शन हो। ८ खेलमा नेपालले हार व्यहोरि सकेको छ। यो हार सङ्ख्याले पनि नेपाल लयमा नरहेको स्पष्ट पार्छ । दुई खेल रद्ध भएको छ। नेपाल मात्र ६ अंकसहित ८ टिम सहभागी लिग टुको अंक तालिकाको सातौँ स्थानमा छ। आठौँ स्थानमा रहेको युएईले भने नेपालले भन्दा तीन खेल कम खेलेको छ।१२ खेल सकिँदा नेपाल पहिलो पटक क्यानडासँग हारेको छ । हारको शृङ्खला निरन्तर जारी छ।
लिग टु कप २०२४–२७ को यात्रा सुरु गर्दा नेपालले एसोसियटको शीर्ष टोली बन्ने लक्ष्य बनाएको थियो। जुन सम्भव पनि देखिएको थियो। किनकि पछिल्लो लिग टुमा १२ मध्येको ११ खेल जित्दै विश्वकप छनोटमा प्रवेश गरेको थियो। यसपछि नेपालले एकपछि अर्को सफलता प्राप्त ग¥यो ।
नेपालको सफलता चुचुरोमा नै पुगेको थियो । नेपालले घरेलु मैदानमा पहिलो पटक एसिसी प्रिमीयर कप मात्र जितेन । पहिलो पटक एसिया कपको लागि छनोट पनि भयो। एसिया कपमा पनि जाइन्ट राष्ट्रहरू पाकिस्तान र भारतसँग नेपालले जुन प्रदर्शन गर्यो। त्यो सराहनीय थियो। लगत्तै टी ट्वान्टी विश्व कप एसिया छनोटको फाइनलमा पुग्दै नेपालले १० वर्षपछि टी ट्वान्टी विश्व कप खेल्यो।
यी सफलतामा नेपालको उच्च प्रदर्शनले सबैको मन जित्यो। तर यसपछि भने एकाएक नेपालको प्रदर्शन खस्किँदै गएको छ।जसको कारण लिग टुको १२ खेलमा ८ खेल हार्न पुग्यो । जित्न बिर्सेको अनि क्रिकेट खेल्न बिर्सेको जस्तै बनेको छ अहिलेको टिम। त्यसैले अब टिमको कमीकमजोरी केलाउन जरुरी छ। टिमभित्र केही समस्या भए सुल्झाउन ढिला भइसेकेको छ । यो टिमले नतिजा दिनै पर्छ। किनकि नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमलाई पछिल्लो समय भरपुर लगानी गरेको छ। तयारीमा कुनैपनि कन्जुस्याइँ गरेको छैन।
खराब प्रदर्शनको कारण नेपाली टिमको खेल्ने शैली ट्वान्टी ट्वान्टी जस्तो छ। अनि नेपाली खेलाडीको प्रदर्शनमा एकरूपता नै छैन। अब नेपाली टिम स्वदेश फर्किए लगत्तै नेपाल प्रिमियर लिगमा व्यस्त हुनेछन्। यसपछि लिग टु २०२५ को मेमा स्कटल्यान्ड खेल्ने तालिका रहेको छ।
प्रदेश पोष्ट । २०८१ कार्तिक २१ गते बुधवार