आईफोन १६ ले ४५ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने

काठमाडौं । आईफोन १६ ले ४५ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने भएको छ । चिनियाँ नियामक निकाय ‘चाइना क्वालिटी सर्टिफिकेसन सेन्टर’ ले एप्पललाई दिएको प्रमाणपत्रमा आईफोन १६ सिरिजका सबै मोडेलले ४५ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने उल्लेख छ ।

सामाजिक सञ्जाल एक्समा ‘ShrimpApplePro’ नामका एक प्रयोगकर्ताले उक्त प्रमाणपत्र सार्वजनिक गरेका छन् । यसो त यही पोस्ट चिनियाँ सामाजिक सञ्जाल विबोमा पनि राखिएको छ । सो प्रमाणपत्र अनुसार आईफोन १६ मोडेल ५-१५ भोल्ट र ३ एम्पियरमा परीक्षण गरिएको थियो । यसले अधिकतम ४५ वाटसम्म सपोर्ट गर्ने जनाइएको छ ।
आईफोन १५ को तुलनामा यो स्पिड ५० प्रतिशत फास्ट हो । आईफोन १५ लाइनअपले बढीमा २७ देखि २९ वाट सपोर्ट गर्छ ।

यसअघि बाहिरिएका विभिन्न अफवाहमा पनि आईफोन १६ ले फास्ट चार्जिङ सपोर्ट गर्ने विषय आएको थियो । तर, एप्पलले आधिकारिक रूपमा यसबारे जानकारी दिएको छैन ।

वायर्डभन्दा वायरलेस अर्थात् म्यागसेफमा एप्पल बढी केन्द्रित भएको देखिन्छ । आईफोन १६ सार्वजनिक गर्ने क्रममा कम्पनीले यसमा भएको म्यागसेफले २५ वाटसम्मको चार्जिङ सपोर्ट गर्ने बताएको थियो ।

सोमबार एक कार्यक्रम आयोजना गर्दै एप्पलले बहुप्रतिक्षित आईफोन १६ सिरिज सार्वजनिक गरेको थियो । यो फोन २० सेप्टेम्बरदेखि अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुनेछ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया