तोकिएकै समयमा १०औं राष्ट्रिय खेलकुद हुनुपर्छः प्रचण्ड

सुर्खेत, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै समयमा १०औं राष्ट्रिय खेलकुद हुनुपर्ने बाताउनु भएको छ ।

शनिवार कर्णाली प्रदेशको गौरवको आयोजना निर्माणाधीन प्रदेश रंगशालाको अनुगमनका क्रममा उहाँले खेलमा राजनीति भए लाखौं खेलाडीको भविश्यमा नै खेलवाड हुने भएको हुँदा यसमा राजनीति नगर्न आग्रह गर्नुभएको छ ।

प्रदेश रंगशाला निर्माणको अन्तिम चरणमा रहेकोमा आफूलाई खुसी लागेको र यो समग्र कर्णालीको लागि गौरवको विषय भएको उहाँले बताउनुभयो ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया