कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

कर्णाली करिडोरअन्तरर्गत सुर्खेत –जुम्ला सडक अवरुद्ध भएको छ। कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो।

जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला, मुगु र हुम्ला प्रवेशको मुख्य स्थल हो। पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए। सडक खुलाउन भरमग्दुर भइरहेको उनको भनाइ छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया