सवारी दर्ता तथा ब्लुबुक नवीकरणको काम अनलाइनबाटै गर्ने व्यवस्था मिलाउँछौंः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सवारी दर्ता र ब्लुबुक नवीकरणलाई अनलाइनबाट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै उनले नागरिक सेवामा सुधार ल्याउन विभिन्न सेवाहरू अनलाइन प्रणालीमा ल्याइने बताए ।

“सवारी साधन दर्ता, ब्लुबुक​ नवीकरण र घरजग्गा लगायतका सम्पत्ति खरिद बिक्री कर, विद्युत खानेपानी लगायतका सरकारी सेवाका कर लाइन बसेर होइन अनलाइनबाट तिर्ने व्यवस्था गर्नेछौं,” उनले भने ।

स्वास्थ्य र कृषि प्राविधिक सेवाहरू पनि अनलाइनबाट उपलब्ध गराइने उनले उल्लेख गरे ।




फेसबुकबाट तपाईको प्रतिक्रिया