वाइफाइ नेपाल अब दैलेखमा

सुर्खेत । नेपालले सबैभन्दा सस्तोमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वाइ-फाई नेपालले दैलेखमा पनि सेवा विस्तार गरेको छ । सेवा विस्तार गरेसँगै अब दैलेखमा पनि २४ महिने अफर अन्तर्गत अब प्रतिमहिना करिब २ सय ७० रुपैयाँमा वाइ-फाइ नेपालको इन्टरनेट जडान गर्न सकिने भएको हो ।

वाइफाइ नेपालले सबैभन्दा सस्तो २४ महिने इन्टरनेट प्याकेजमा ५० एमबिपिएसको इन्टरनेट जडान गर्दा ८ हजार ४ सय ७५ र ८० एमबिपिएसको इन्टरनेट जडान गर्दा ११ हजार ८ सय ६५ रुपैयाँ सुल्क लाग्नेछ । यस्तै इन्टरनेट नविकरण गर्दा ५० एमबिपिएस लाई ७ हजार ३ सय ४५ र ८० एमबिपिएसलाई १० हजार ७ सय ३५ रुपैयाँ शुल्क लाग्ने वाइफाइ नेपाल सुर्खेत युनिट इन्चार्ज कैलाश जंग शाहीले जानकारी दिए ।

वाइफाइ नेपालले सार्वजनिक गरेको यो नयाँ प्याकेजमा अब ग्राहकहरुले करिब २ सय ७० रुपैयाँ प्रतिमहिना इन्टरनेट सेवा पाउँने भएका हुन । तर यो प्याकेज अनुसार ग्राहकले २४ महिनाको लागि नै इन्टरनेट सेवा जोड्नुपर्ने हुन्छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया