विश्व क्षयरोग दिवस:

दुई हप्ते खोकी ! कतै क्षयरोग पो हो की ?

जुम्ला : जुम्लामा विश्व क्षयरोग दिवस मनाइएको छ ।‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने मूल नाराका साथ शुक्रबार विश्व क्षयरोग दिवस देश भर झै जुम्लामा पनी मनाइएको हो ।दुई हप्ते खोकी क्षयरोग हो की, भन्ने पेलेकाट सहित र्याली कार्यक्रम गरेका गरिएको छ । जनस्वाथ्य कार्यालय जुम्ला र चन्दननाथ नगरपालिकाको स्वास्थ्य शाखा जुम्लाले संयुक्त रुपमा यो दिवस मनाएको छ ।

त्यस्तै क्षयरोग चुनौतिको विषय बन्दै गएकाले त्यसलाई रोक्न सबै नागरिकमा सचेतना जगाउनु आवश्यक रहेको चन्दननाथ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पृथ्वी नाथ योगीले बताए ।उनले नागरिकहरुको लापरवाहीका कारण क्षयरोग समस्याको रुपमा देखा पर्दै गएको भन्दै चिन्ता समेत व्यक्त गरे । उनले भने, ‘यो दिवस मार्फत दुरदराजका नागरिकहरु समक्ष सचेतनाका कार्यक्रमहरु पु¥याउन सके क्षयरोग नियन्त्रण गर्न सकिने बताए । उनका अनुसार सचेतनाको कमीका कारण अझै पनि धेरै नागरिकहरुले समस्या दवाएर राख्ने गरेको छन ।

त्यस्तै चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक क्षेत्र बहादुर महतले आम नागरिकमा सचेतना जगाउन र समाजमा कोही कतै क्षयरोगका लक्षण देखिएका विरामी फेला परेमा उजागर गर्न पत्रकारहरुलाई आग्रह समेत गरे । उनले क्षयरोग समयमै पहिचान भए निको हुने भएकाले आम नागरिकलाई यस विषयमा जानकारी गराउनु आवश्यक रहेको धारणा व्यक्त गरे । महतका अनुसार क्षयरोगको औषधि निःशूल्क पाइन्छ ।

त्यस्तै जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले क्षयरोगका बिरामीले औषधि नियमित नखाइदिंदा रोगको रोकथाममा चुनौती थपिने देखिन्छ । उनले भने‘ क्षयरोगका बिरामीहरूले लामो अवधिसम्म उपचार गर्न आई दैनिक औषधि सेवन गर्नुपर्ने हुन्छ । तर यसलाई झन्झट मानेर धेरै बिरामी नियमित रूपमा औषधि सेवन गर्दैनन् ।

अर्कातिर, सिकिस्त बिरामी नपरी स्वास्थ्य परीक्षण नगराउने र रोग लुकाएर राख्ने जस्ता कारणले क्षयरोगीको संख्या घट्न सकेको देखिन्छ ।’ उनले सबै नागरिकमा क्षयरोगका बारेमा सचेतना फैलाउने पत्रकारहरुको पनि ठूलो भूमिका रहने बताए । यस अघि जनस्वास्थ्य कार्यालय जुम्लाले पत्रकार र सरोकारवालाग क्षयरोग के हो ? यसबाट बच्न के गर्नुपर्छ ? यसका लक्षणहरु, उपचार विधि, जुम्लाको क्षयरोगको अवस्था लगायतका विषयमा जानकारी गराएका थियो ।

त्यस्तै स्वास्थ्य कर्मीका अनुसार क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने, माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामको सुक्ष्म कीटाणुबाट हुने सरुवा रोग हो । जसको समयमा परीक्षण गराएर औषधि नियमित खानु पर्छ । क्षयरोगको जोखिम समूहमा जेष्ठ नागरिक, बालबालिका, स्वास्थ्यकर्मी, एचआईभी संक्रमित, मधुमेह भएका व्यक्ति, गर्भवती महिला, कैदी तथा बन्दी, अंग प्रत्यारोपण गरेका व्यक्तिहरु रहेने गरेको पाइन्छ । कार्यक्रममा पत्रकार,स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र महिला स्वास्थ्य स्वयम सेविकाहरुको सहभागीता रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया