मस्कको युट्यूब जस्तै नयाँ भिडियो एप ल्याउने तयारी

काठमाडौँ। सामाजिक सञ्जाल एक्स प्रमुख कार्यकारी एलन मस्कले अमेजन र सामसङका लागि लामो भिडियो हेर्न मिल्ने नयाँ एप ल्याउने घोषणा गरेका छन् ।

मस्कले आगामी हप्ता नै अमेजन र सामसङका लागि भिडियो एप ल्याउने घोषणा गरेका हिन्दुस्तान टाइम्सले जनाएको छ ।

गत अक्टोबरमै एक्सले केही प्रयोगकर्ताका लागि भिडियो र अडियो कलको सुविधा ल्याएको थियो । मस्कले स्मार्ट टिभीबाट लामो भिडियो सिधै हेर्न मिल्ने एप ल्याउन लागिएको जनाएका हुन् ।

एक्सको भिडियो एप गुगलको युट्यूबजस्तै हुने तथा मस्कले युट्यूबसँग प्रतिस्पर्धा गर्न लागेको बताइएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया