कर्णाली एक्सपोमा आज प्रमोद खरेल टिका पुन लगायतको प्रस्तुती रहने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली एक्सपोको शनिवारको कार्यक्रममा चर्चित गायक प्रमोद खरेल लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ ।

लोकप्रिय गायक प्रमोद खरेल, टीका पुन, शुक्देव अधिकारीर र मोडेल तथा डान्सर साजन शर्माले समेत आज मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ ।

शुक्रबारको कार्यक्रममा गायक खुमन अधिकारी. महेन्द्र शाही, भेलुबाजेका साथमा उदघोषणका लागि रिमा बिश्वकर्मा दर्शकले अबेरसम्म पनि साथ दिएका थिए ।

कर्णाली एक्सपोमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरु साँगीतिक प्रस्तुती संगै कृषि, व्यापार प्रदर्शनी, विभिन्न व्यापारिक स्टल, बालबालिकाको लागि बाल उद्यान लगायतका स्टलहरु रहेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया