शिवमन्दिर लाटिकोइलीमा दर्शनार्थीहरूकाे घुइँचाे (फाेटाे फिचर)

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित शिव मन्दिरमा रहेको एउटै ढुङ्गाले बनेको भगवान् शिवको अर्धनागेश्वर मूर्तिमा पूजा आराधना गर्दै भक्तजन ।

वीरेन्द्रनगरकाे लाटीकाेइलीमा रहेकाे शिव मन्दिरमा विहानैदेखि दर्शनार्थीहरूकाे घुइँचाे लागेकाे छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्।

आज भक्तजनहरू व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजाअर्चना गर्छन्। आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ खाने पनि चलन रही आएको छ ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया