फेसबुक र इन्स्टाग्राम विश्वभरी डाउन

बन्द भयो मेटाको धेरै सर्भिस

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम डाउन भएको छ । मङ्गलबार साँझ विश्वव्यापी रूपमा मेटाका यी प्लेटफर्म बन्द भएका हुन् ।

विशेषगरी अकाउन्ट आफै लगआउट हुने देखिएको छ । मङ्गलबार राती ९ः२५ बजेदेखि मेटाको धेरै सेवाहरु बनुद भएका छन् ।

केही समय अघिदेखि विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने समस्या देखिएको थियो । अहिले भने सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले अकाउन्ट एकाएक लगआउट हुने समस्या देखिएको छ ।

Downdetector का अनुसार मोबाइल एप सहित वेब सेवाहरूले समेत काम गरेका छैनन् ।

फेसबुक र इन्स्टाग्रामको पेरेन्ट कम्पनी मेटाको तर्फबाट भने अहिले सम्म यसको कुनै पनि स्टेटमेन्ट जारी गरिएको छैन ।

करिब एक घण्टा अवरुद्ध भएपछि फेसबुक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम पुन: सञ्चालनमा आएका छन् ।

यो पनि पढ्नुहोस्ः मेटाले जारी गर्यो विज्ञप्ती

मेटाले जारी गर्यो विज्ञप्ती

 




फेसबुकबाट तपाईको प्रतिक्रिया