हुम्लाका सडकमा जमेको हिउँ पन्छाइँदै

हुम्ला। सिमकोट–हिल्सा सडक खण्डको सिमकोट गाउँपालिका–७ को लाग्नमा जमेको हिउँ मेशिनबाट पन्छाउने काम सुरु भएको छ । सडक सुचारु गर्न स्थानीय प्रशासनको समन्वयमा हिल्सा सिमकोट सडक आयोजनाले हिउँ पन्छाउने कार्य सुरु गरेको हो ।

आयोजनाका लेखा प्रमुख विजय रोकायाले बिहीबार जेसिभी लगाएर सिमकोट–हिल्सा सडक आयोजनाको लाग्न खण्डमा जमेको हिउँ पन्छाउने काम सुरु भएको बताए ।

दश दिन यता सडकमा हिउँ जमेका कारण उक्त खण्डको सडक बन्द रहेको छ । उनले मेशिन र प्राविधिक हिउँ जमेको स्थान लाग्नमा पुगेर हिउँ फाल्ने काम सुरु भएको बताउँदै सम्भव भएसम्म बिहीबार साँझसम्म वा नभए शुक्रबार दिउँसोसम्म सडक सफा गरिसक्ने र यातायातका साधन सुचारु हुने बताए ।

यसबाट सिमकोट गाउँपालिका वडा–७ र ८ तथा नाम्खा गाउँपालिकाको यातायात सेवा अवरुद्ध भएको छ । करिब दुई मिटर सडकमा हिउँ जमेको छ । सडकमा डेढ फिटसम्म हिउँ जमेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया