नेपाल एयरलाइन्सको १० वर्षपछि जुम्ला–सुर्खेत उडान

सुर्खेत। नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले १० वर्षपछि पहिलो पटक जुम्ला–सुर्खेत उडान भरेको छ । सोमबार बिहान नेपालगञ्जदेखि ७ : ५० मिनेटमा जुम्ला विमानस्थलमा अवतरण गरेको जहाजले दुई जना यात्रु लिएर सुर्खेतको उडान भरेको हो ।

नेपाल एयरलाईन्स जुम्लाका म्यानेजर देवीप्रसाद न्यौपानेले १० वर्षपछि सरकारी जहाजले जुम्ला–सुर्खेत उडान गरेको बताए। नेपाल एयरलाइन्सको जहाजले जुम्लाबाट सुर्खेत उडान भरेर मन्त्रीको टोली कालिकोटस्थित सुनथराली विमानस्थलमा पुगाएर सुर्खेत फर्किएपछि जुम्ला उडान गर्ने समय तालिका छ ।

त्यसपछि सुर्खेतदेखि जुम्ला हुँदै नेपालगञ्ज उडान भर्ने म्यानेजर न्यौपानेले जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले नेपाल एयरलाइन्सको जहाजले जुम्ला–सुर्खेत भाडा ५ हजार ४० रुपियाँ निर्धारण गरेको बताए।

स्थानीय प्रशासनका अनुसार नेपाल एयरलाइन्सको नियमित उडान तालिका आइपुगेको छैन । नियमित गर्नेकि नगर्ने आगामी सोमबारको उडानले मात्र निश्चित गर्छ । अर्को सोमबारदेखि मात्र नियमित फ्लाइटको तालिका आउन सक्ने उनको भनाइ छ ।

जुम्ला–सुर्खेत हवाई उडान नहुँदा अहिले पनि लुम्बिनी प्रदेश पुगेर कर्णाली प्रदेशको राजधानी सुर्खेत आउनुपर्ने बाध्यता छ । जुम्लामा नेपालगञ्जबाट नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले उडान भरिरहेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया