रैथाने मकैं, कोदो र केराबाट पाउरोटी

सुर्खेत, वीरेन्द्रनगरमा अर्गानिक तथा रैथाने बालीबाट पाउरोटी बनाउने गरिएको छ । अर्गानिक स्वस्थकर बेकरी परिकार खुवाउन रैथाने बालीबाट पाउरोटी बनाउन लागिएको हो ।

सुर्खेतस्थित वीरेन्द्रनगरको एरीचोकमा ४ वर्षअघिदेखि सञ्चालन भइरहेको सेफ च्वाइस बेकरी उद्योगले स्वस्थकर खानेकुरा उत्पादनमा जोड दिइरहेको छ । जसका कारण सुर्खेतमै एउटा छुट्टै पहिचान बनाएको छ । अर्गानिक बेकरीका आइटमहरू खान ग्राहकको भिड नै लाग्नेगरेको सञ्चालक राजकुमारी गाहाले बताउनुभयो ।

यहाँ मकै, कोदो, केरा लगायतबाट ब्रेड (पाउरोटी) उत्पादन हुन्छ । त्यस्तै बर्गर बन, कोको नट माइक्रोनी, कुकिज, मल्टीग्रेन ब्रेडलगायत सम्पूर्ण बेकरी उत्पादन उत्पादन हुन्छ बेकरी उद्योगसँगै सेफ च्वाइस रेस्टुरेन्ट एण्ड पिज्जा हट पनि सञ्चालनमा छ ।

रेस्टुरेन्टमा केक, पेस्टी, पिज्जाका परिकार सस्तोमा हाइजेनिक पाइने भएकाले ग्राहकको भिड लाग्ने गर्छ । बेकरी उद्योगमा हाइजेनिकलाई पहिलो प्राथमिकता दिएका कारण ग्राहकको रोजाइमा पर्नेगरेको गाहाले बताउनुभयो ।

स्वच्छ तथा स्वस्थ बेकरी बनाउन यहाँ अत्याधुनिक स्तरको मेशिनबाट मान्छेले हात नलगाएर पिठो मिच्नेदेखि ब्रेड काट्नेसम्मको कामहरू हुनेगरेको छ । बेकरीमा प्रयोग हुने कच्चा पदार्थ उच्च क्वालिटीको स्तरीय कम्पनीबाट उत्पादन भएका सामान प्रयोग गरिने उहाँले बताउनुभयो ।

यहाँ उत्पादन भएको खाद्य सामग्री पनि हाइजेनिक ठाउँमा बिक्री वितरण हुने गर्छ । वीरेन्द्रनगरका स्थानीय मार्टहरूमा यहाँ उत्पादन भएका बेकरीहरू बिक्री हुनेगरेको छ ।

सामान्यतया बेकरीबाट उत्पादन भएका सामानको पाँच दिनसम्म म्याद राखिन्छ तर, सेफ स्वाइस बेकरी उद्योगले ३ दिनको म्याद राखेर आफ्ना बेकरी सामानहरू बिक्री वितरण गर्दै आइरहेको छ । अर्गानिक उत्पादनबाट बेकरीका आइटमहरू बनाउँदा सुर्खेतमा राम्रो बजार पाएको सञ्चालकको भनाइ छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया