बालिकाको जलेर मृत्यु

जाजरकोट: जाजरकोटमा एक बालिकाको जलेर मृत्यु भएको छ । जिल्लाको बारेकोट गाउँपालिका ९ खारीगाउँमा गोपाल जैसीकी १७ महिनाकी छोरी नतसा जैशीको भान्सा कोठामा सुतेको अवस्थामा एक्कासि चुल्होमा परेर मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

गम्भीर घाइते बालिकालाई मिसन अस्पताल चौरजहारीमा उपचारको लागि लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष कुमार रोकाले घरमा कोही नभएको अवस्थामा भान्सा कोठामा सुतेकी बालीका चुल्होमा परेर गम्भीर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको बताउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया