डोल्पाको जुफाल विमानस्थल फागुन १६ गतेदेखि बन्द

सुर्खेत । डोल्पामा रहेको जुफाल विमानस्थल फागुन १६ गतेदेखि बन्द हुने भएको छ। विमानस्थलको धावन मार्गको मर्मतका लागि फागुन १६ गतेदेखि चैत्र १६ गतेसम्म बन्द गर्न लागिएको हो।

विमानस्थलको १८५ मिटर स्तरोन्नति हुने र जसका लागि ६ करोड खर्च लाग्ने अनुमान गरिएको छ।

यस्तै, नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालका प्रमुख अमित चौरासियाले विमानस्थल बन्द गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले सूचना पठाइसकेको जानकारी दिए।

उनका अनुसार माघ २९ गते ठुलिभेरी नगरपालिका जुफालमा नगर प्रमुख सुवर्ण बुढाको अध्यक्षतामा बसेको बसेको जिल्लास्थित सरोकारवाला निकायको बैठकले विमानस्थल बन्द गर्नका लागि नागरिक उड्डयन प्राधिकरण काठमाडौंलाई सिफारिस गरिएको थियो।




फेसबुकबाट तपाईको प्रतिक्रिया